लैंगिक विभेद पृतिसत्ता विरुद्ध हो : लामा

सुर्खेत । जिफन्ट राष्टिय उपाध्यक्ष तथा महिला प्रमुख सीता लामा लामाले कोरा महिलावाद होईन, वर्गीय सोच सहितको महिलावादको एजेण्डालाई अगाडी बढाउनु पर्ने धारणा राखेकी छन् । उनले लैंगिक समानताको आन्दोलन पुरुष विरुद्ध होईन, पृतिसत्ता विरुद्ध हो भन्ने धारणाबाट श्रमिक महिलाहरु जुरमुराउनु पर्ने बताइन् ।



संयुक्त ट्रेड युनियन समन्वय समिति (जेटियूसीसी) कर्णाली प्रदेशको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय श्रमिक महिला सेचतना कार्यक्रम लामाले कार्यथलोमा हुने महिला हिंसाका स्वरुपहरु फेरिदै छन्, यसका विरुद्ध सचेत भई मर्यादित असल श्रम सम्बन्ध विकासमा महिलाहरु सचेत हुनुपर्ने बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक तेजप्रकाश जिसीले सामाजिक बनोट, मान्यता, परम्परा, धर्म, संस्कृति, पेशा र रोजगारका आधारमा हुने लैंगिक विभेदलाई न्यूनिकरण गर्न र समतामूलक समाज रुपान्तरणमा श्रमिक महिलाहरु सेचत भई लाग्नु पर्ने आवश्यकता रहेको बताए ।

प्रदेश संयोजक तथा जिफन्ट प्रदेश कमिटी अध्यक्ष तेज प्रकाश जिसीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा महिला हिंसा, लैंगिक समानता र ट्रेड युनियन आन्दोलनमा महिला सहभागिता बारे प्रशिक्षक द्धय जेटियूसीसी महिला समिति पूर्व अध्यक्ष, जिफन्ट राष्टिय उपाध्यक्ष तथा महिला प्रमुख सीता लामा र जेटियूसीसी महिला समिति सदस्य तथा टुकोन महिला प्रमुख कर्मा डोल्कर गुरुंगले सहभागीहरुलाई प्रशिक्षित दिएका हुन् ।

कार्यक्रममा जेटियूसीसीसँग आवद्ध सात वटा महासंघका ३५ जनाको महिला नेतृत्वहरुको सहभागिता थियो । कार्यक्रममा एनडिफन्टका केन्द्रीय सचिव सन्तोष कुमार राईको समेत सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया