सुर्खेत । असोज १० र ११ गते हुने नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनका लागि भदौ ३० गते प्रतिनिधि चयन गर्ने भएको छ।
प्रदेश पार्टी कार्यालयमा बुधबार बसेको कार्यालय बैठकले भदौ ३० गते प्रतिनिधि छनौट गर्ने निर्णय गरेको हो।
एमालेका अनुसार कर्णाली प्रदेशका १० वटा जिल्लाका ७९ वटै पालिकामा एकै दिन प्रतिनिधि चयन गरिने छ।



यस्तै, प्रतिनिधि छनौट र ब्यवस्थापनको आधार भूगोलको लागि पालिका र समावेसीको लागि प्रदेश निर्वाचन क्षेत्र रहने तर, समावेसी सदस्यले क्षेत्र रोज्न पाउने अधिकार सुनिश्चित गरिएको छ।
एमाले कर्णाली प्रदेश अधिवेशनका सन्दर्भमा कर्णाली प्रदेश कमिटीको कार्यलय बैठक इन्चार्ज लेखराज भट्टको प्रमुख आतिथ्यतामा बसेकाे थियाे।

नेपाल कर्म । २० भाद्र २०८०, बुधबार १७:२०