प्रदेश अधिवेशनमा जुट्यो एमाले कर्णाली

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको तयारीमा जुटेको छ। आगामी असोज १० र ११ गते वीरेन्द्रनगरमा हुने पहिलो अधिवेशनका लागि तयारीमा जुटेको हो।



अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट हुनेछ।

प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनौट, व्यवस्थापन, प्रचारप्रसार, स्वास्थ्य, आर्थिक लगायत समितिको गठन विषयमा टुंगो लगाउन एमालेले तयारी गरिहेको छ।

कर्णालीमा प्रदेश एमालेका ५१ हजार बढी पार्टी सदस्यता रहेका छन्।

कर्णालीका १० वटै जिल्लामा पार्टी संगठित सदस्यहरुको नविकरण सकिएको छ। एमाले कर्णाली प्रदेशका अनुसार १० जिल्लाबाट गरि करिब ५ सय देखि ६ सयसम्मको हाराहारीमा प्रतिनिधि छनौट गर्ने गरि पार्टीभित्र छलफल भइरहेको छ।

तपाईको प्रतिक्रिया