सुर्खेत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखले श्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठान तथा विभिन्न क्षेत्रमा योगदान पु¥याएको दैलेखका अग्रज कलाकार मोहन गौतम र व्यबसायी लछुमन श्रेष्ठलाई सम्मान गरिएको हो ।

उनीहरुलाई नारायण नगरपालिकाका कार्यबहाक अध्यक्ष तप्ता थापाले सम्मान पत्र प्रदान गरेकी छन् । प्रतिष्ठानको आठौं साधारणसभा तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले प्रतिष्ठानले गर्ने हरेक कार्यक्रममा नगरपालिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले कला संस्कृतिको संरक्षणसँगै सामाजिक कार्यमा आफनो पनि सदैव साथ रहने बताईन् । प्रतिष्ठान दैलेखका अध्यक्ष यामराज विष्टले लोक तथा दोहोरी गीत प्रतिष्ठानले दैलेखमा धेरै राम्रा काम गर्ने लागेकोले सबैले साथ र सहयोग गर्नुपर्ने बताए ।

उनले प्रतिष्ठानका लागि जति गर्नुपथ्र्यो त्यति गर्न नसकिएको तर जति गरियो त्यो महत्वपुर्ण रहेकाले आगामी दिनमा सबैको सहकार्यबाट गतिविधिहरुलाई प्रभावकारी बनाइने प्रतिवद्धता जनाए ।
प्रतिष्ठानको सधारणसभामा दैलेखका प्रथम उपाध्यक्ष हेमराज अधिकारी,उद्योग वाणिज्य सङ्घ दैलेखका महासचिव प्रकाश पौडेल, लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखका संस्थापन अध्यक्ष लोकेन्द्र कुमार जीसी, पत्रकार अमर सुनार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल कर्म । १९ भाद्र २०८०, मंगलवार ०९:३३