मूल्यवृद्धिको विरोधमा अनेरास्ववियु कर्णाली आन्दोलित

याे सरकार लुट्न केन्द्रीत भयाे : मल्ल

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आन्दोलन गरेको छ। अनेरास्ववियु कर्णाली प्रदेश कमिटीले वीरेन्द्रनगरमा आइतबार साँझ विरोध ¥याली निकाल्दै आन्दोलन गरेको हो।



अनेरास्ववियुले सरकारले बढाएको पेट्रोलियम तथा ग्यासको मूल्यवृद्धिको विरुद्धमा विरोध जनाएको हो।

कर्णाली प्रदेश कमिटीले आयोजना गरेको उक्त आन्दोलनमा अनेरनस्ववियु मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी, क्याम्पस कमिटी सुर्खेत र सुर्खेत बहुमुखी क्याम्पस कमिटीले सहयोग गरेका थिए।

विराेध प्रदर्शनमा अनेरास्ववियुका केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला तथा क्याम्पस कमिटीका नेताहरुको सहभागीता रहेको थियो।

क्याम्पस रोडमा विरोध ¥याली निकाल्दै ‘कर्णालीको एउटै स्वर, सरकार भित्र चोरै चोर, विद्यार्थी आन्दोलन जिन्दावाद, पेट्रोलियम पदार्थ ग्यासको मूल्यवृद्धि फिर्ता गर, प्रचण्डको पाराले दुःख पाए साराले, अनोस्ववियुको एउटै जोड कठपुतली गठे सरकार सत्ता छोड’ जस्ता नारा लगाएका थिए।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एक्कासी वृद्धि गरेपछि अनेरास्ववियुले त्यसको विरोध गर्न बाध्य रहेको अनेरास्ववियु कर्णाली प्रदेशका सह–संयोजक मिजाश मल्ले बताए। उनले भने, ‘सरकारले जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको छ। यो कठपुतली सरकारले निर्णय तत्काल सच्चाउन समेत हाम्रो माग रहेको छ।’

यस्तै, सह–संयोजक मल्लले नेपालको इतिहासमै यो सरकार सबैभन्दा भ्रष्ट सरकार भएको आरोप लगाए।  उनले सरकार जनतालाई सुःख र समृद्धि दिनुपर्नेमा उल्टै लुट्न र जनतालाई पीडा दिन मात्रै केन्द्रीत भएको दाबी गरे।

तपाईको प्रतिक्रिया