जुम्लामा जिप दुर्घटना हुँदा मुगुका दुई जनाको मृत्यु

सुर्खेत । जुम्लामा भएको जिप दुर्घटनामा परि मुगुका दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिप चालक अन्दाजी २८ वर्षीय अविराज कार्की र सहचालक २२ वर्षीय जीतेन्द्र रावल रहेका छन्। प्रहरीकाअनुसार उनिहरुको स्थायी ठेगाना मुगुको रारा छायानाथ नगरपालिका–५ रहेको छ।



आइतबार बिहान करिब ७ बजेको समयमा जुम्लादेखि मुगु जाँदै गरेको भे १ ज १०९९ नम्बरको जिप कनकासुन्दरी–४ छाकुनेरामा भएको दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले मुगुबाट जिपका मालिक घटनास्थलमा पुगेपछि मृतकको सनाखत गरिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया