भेरीगंगाबाट अवैध सामान बरामद

वीरेन्द्रनगर । प्रहरीले सुर्खेतको भेरीगंगाबाट अवैध सामान बरामद गरेको छ। भेरीगंगा नगरपालिका–५ बबईबाट अवैध सामान बरामद गरेको हो।



बबई चेक पोईन्टमा खटिएको ४ जनाको प्रहरी टोलीले नेपालगञ्जदेखि जाजरकोटका लागि छुटेको बा.२ ख १४०० नम्बरको फोर्स गाडीलाई चेकजाँच गर्ने क्रममा बिल नभएको सामान फेला पारेको थियो।

प्रहरीका अनुसार बरामद गरिएको सामानमा २३ पिस कुर्ता सुरुवाल, १० पिस अलादिन, १५ पिस कुर्ती, ८ पिस धोति, १२ पिस पेटिकोट रेडिमेट, ६ पिस, सल, २ पिस पाइन्ट, १६ पिस टिर्सट, ६ पिस साडी र ३ रोल काचो कपडा रहेको छ।

तपाईको प्रतिक्रिया