जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत । जुम्लाबाट मुगुका लागि छुटेको जिप दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित छलपुनेरा नजिक दुर्घटना हुँदा दुईजनाको घटना स्थलमै ज्यान गएको हो।



फाइल तस्बीर

नाग्म–मुगु सडक खण्ड अन्तर्गत छलपुनेरा नजिक भे १ ज १०९९ नम्बरको जिप आइतबार बिहान करिब ७ बजेको सयमा दुर्घटनामा परहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि चालक र सहचालक दुवै जनाको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हाद कार्कीले जानकारी दिए।

उनले भने, ‘चालक र सहचालकको सनाखत हुन सकेको छैन्। जिल्लाबाट घटनास्थल पुग्न धेरै टाढा छ। मुगुबाट प्रहरीको टोली आउँदै छ। त्यो प्रहरी टोली घटनास्थल पुगेपछि मात्रै थप विवरण आउला।’

जिप सडकबाट अन्दाजि ३ सय मिटर तल खसेको छ। जिपमा चालक र सह–चालक मात्रै सवार रहेका थिए। दुर्घटनाको कारण खुलेको छैन्।

तपाईको प्रतिक्रिया