दशैं अगावै कर्णालीका सडकको अवस्था सुधार्न निर्देशन

सुर्खेत । कर्णालीका पहाडी र हिमाली जिल्लाहरुमा जाने सडकलाई दशैंभन्दा अगाडी नै सुधार्न भौतिक मन्त्रीले निर्देशन दिएका छन् । नेपालीहरुको महानपर्व दशैंमा नागरिकहरु गृह जिल्ला फर्किने भएकाले सडकलाई स्तरिय र विग्रिएको स्थानमा समयमै पहिरो पन्छ्याउने तथा मर्मत गर्न मातहतका निकायलाई भौतिक पूर्वाधार तथा यतायात मन्त्री प्रकाश ज्वालाले निर्देशन दिएका हुन् ।



मन्त्री ज्वालाले वर्षातमा राष्ट्रिय राजमार्ग, भित्रि सडक र ग्रामिण सडकहरुमा खसेको पहिरो पन्छ्याउने र खाल्डाखुल्डी भएको ठाउँमा पुर्ने लगायतका काम समयमै सक्न सडक कार्यालयका प्रमुखहरुलाई निर्देशन दिए ।

‘सडकको अप्ठेरो ठाउँमा छकेवार लगाउने, कठिन मोडहरु छन् भने कटिङ गर्नुहोस्,’ मन्त्री ज्वालाले भने, ‘तर चाडपर्वमा अत्यधिक सवारीको चाप हुने भएकाले दुर्घटनारहित सडक बनाउन गम्भीर बन्नुहोस् ।’

ब्यूरेनीमा पहिरो रोक्न निर्माण गरिएको बायो इन्जिनियरिङको अवलोकन गरेका मन्त्री ज्वालाले नमूना काम गरेकोमा प्रशंसा गरे । एक करोड लागत बढीमा ठेक्का आह्वान भएपनि यो परियोजना सक्न २३ प्रतिशत मात्रै वित्तिय लगानी भएको छ ।

तपाईको प्रतिक्रिया