सुर्खेत । कर्णाली प्रदेश अस्पतालबाट गरिव र विपन्न नागरिकहरूलाइ सहज सेवा प्रदान गर्न स्वास्थ्यमन्त्री माेहनबहादुर बस्नेतले निर्देशन दिएका छन् । अस्पतालको निरीक्षण गर्नका लागि आएका सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बस्नेतले प्रदेश अस्पतालले सर्वसाधारण नागरिकको लागि पनि सहज रूपमा स्वास्थ्य सेवा प्रवाह गर्नुपर्नेमा जोड निर्देशन दिएका हुन् ।

मन्त्री बस्नेतले गरिब तथा विपन्न परिवारका लागि प्रदेश अस्पतालले जनरल सेवा निशुल्क गर्न तयार हुनुपर्ने बताए । ‘गरिब तथा विपन्न परिवारका लागि निःशुल्क उपचार गर्न लागिरहेका छौँ,’ उनले भने,‘ प्रतिशत बेड निशुल्क गर्ने व्यवस्था भए पनि कार्यान्वयनमा आएको थिएन । अब कार्यान्वयनको पहल गरिरहेका छौँ ।’

उनले संविधानमा लेखिएका कुराहरू व्यवहारमा अझै कार्यान्वयन नभएको बताए । स्वास्थ्य सम्बन्धी संविधानमा भएको व्यवस्थालाई व्यवहारमा गरिनुपर्ने उनको भनाइ थियो । भिआइपी, भिभिआइपीहरू विदेशमा उपचार गर्न जाने तर, गरिब, विपन्नको उपचारको लागि अस्पताल नदेख्ने अवस्था विद्यमान रहेको पनि बताए ।


नेपाल कर्म । १५ भाद्र २०८०, शुक्रबार १७:४०