सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको कार्य समिति सदस्यमा मानोनितहरुलाई सपथ खुवाइएको छ । संघको विधानअनुसार मानोनित भएका दुई जनालाई शुक्रबार संघको कार्यालयमा सपथ खुवाइएको हो ।

मनोनित गरिएका सावित्रा गैरे र डासुराम लामिछानेलाई सपथ खुवाइएको संघका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए । गैरे सन्ध्या फेन्सी स्टोरका सञ्चालक हुन भने लामिछाने इलेक्ट्रोनिक्स बस्तुगत समितिका उपाध्यक्ष हुन् ।


संघले यसअघि नै बस्तुगत समितिबाट टोपेन्द्रजंग शाहीलाई कार्यसमिति सदस्यमा मनोनित गरिसकिएको छ । संघको कार्यसमिति सदस्य अब २७ सदस्यीय पुगेको छ ।

नेपाल कर्म । १५ भाद्र २०८०, शुक्रबार १६:२०