एजेन्सी । कङ्गोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डीआरसी) मा बुधवार संयुक्त राष्ट्र संघविरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ५० जनाको मृत्यु भएको बताइएको छ।
कङ्गोका सैनिकले गोमा सहरमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिक विरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए।
सुरक्षा अधिकारीहरूले पुष्टि गरेको सेनाको आन्तरिक दस्ताबेजमा मारिने प्रहरीसहित ५० जनाको मृत्यु भएको र ७५ जना घाइते भएको उल्लेख छ । आक्रमणका क्रममा धेरै धारिला हतियार जफत गरेको र सम्प्रदायका नेतासहित १६८ जनालाई गिरफ्तार गरेको सैनिक अधिकारीले बताएका छन् ।


प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी भाग तीन दशकदेखि सशस्त्र लाडाकूको हिंसाको चपेटामा परेको छ । जुन सन् १९९० र सन् २००० को दशकमा भड्किएको क्षेत्रीय युद्धको विरासत हो ।

नेपाल कर्म । १५ भाद्र २०८०, शुक्रबार १४:२२