भेरीगंगाबाट खाना खर्च मुद्दामा फरार प्रतिवादी पक्राउ

वीरेन्द्रनगर । प्रहरीले भेरीगंगाबाट खाना खर्च मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भेरीगंगा नगरपालिका–११ का २९ वर्षीया हरिनारायण सिंह ठकुरी रहेका छन्।



भेरीगंगा नगरपालिका–११ रामघाट स्थित ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ३ जनाको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो।

ठकुरीलाई जिल्ला अदालत सुर्खेतको लगत नम्बर ३७४७ मा १ वर्ष कैद सजाय तोकिएपछि फरार भएका थिए।

तपाईको प्रतिक्रिया