सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र ठूलो चिरा पर्ने संकेत देखिएको बताएका छन्।
सुर्खेतको वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बिहीबार दिउँसो बोल्दै प्रधानमन्त्रीसमेत रहेका उनले यस्तो दाबी गरेका हुन्।
‘अहिले हाम्रो प्रतिपक्षी दल छ, त्यहाँभित्र ठुलो चिरा पर्ने संकेत देख्छु,’ उनले भने, ‘हामी त्यसपछि सँगै हुन पनि सकिन्छ।’


उनले जनयुद्धको आधार इलाका कर्णाली भए जस्तै समाजवादी क्रान्तिको केन्द्र पनि अब कर्णाली बन्न सक्ने बताए।

नेपाल कर्म । १४ भाद्र २०८०, बिहीबार १६:५२