जिल्ला–जिल्लामा खेलकुदका आवश्यक संरचना निमार्ण गछौँ : मन्त्री पोखरेल

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले जिल्लामा खेलकुदका लागि आवश्यक संरचना निमार्ण गर्न सरकारले तयारी थालेको बताएका छन्। बुधबार कर्णाली प्रादेशिक क्रिकेट संघको प्रथम साधारणसभा एंव अधिवेशनमा बोल्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन्।



मन्त्री पोखरेलले सुर्खेतको कालिनचोक र भेरीगंगाको मैनतडामा रंगशाला नै बनाउने योजना रहेको बताए। उनले भने, ‘सुर्खेतकै दुई ठाउँमा रंगशाला नै बनाउने योजना सरकारको रहेको छ। आउने जेठमा वीरेन्द्रनगरको प्रादेशीक रंगशालाको काम सकिने छ। अन्य खेल खेलाउनका लागि आवश्यक मैदान तयार गर्दै जान्छौँ। राष्ट्रिय खेलका लागि आवश्यक पर्ने मैदान पनि दीर्घकालीन योजनाका साथ अगाडि बढाउने तयारीमा सरकार रहेको छ।’

क्रिकेट संघ केन्द्रीय सदस्य कर्णाली संयोजक पदम खड्काले धेरै समयपछि क्रिकेटको अभियान कर्णालीमा ल्याउन सफल भएको बताए। उनले भने, ‘१०÷१२ बर्ष संर्घष गरेपछि सुर्खेतमा क्यानले मान्यता दिगको हो। तपाईंले क्रिकेटलाई माया गरेका कारण यो अवस्था पुगेका छौँ। क्यानको मापदण्डअनुसार कोच उत्पादन गर्न सफल भएका छौँ।’

यस्तै, उनले अहिले केन्द्रीय कमिटीले तल जिल्ला सदस्यहरुसम्म समन्वय गरिरहेको र क्यानले प्रत्येक पालिकामा क्रिकेटका कोचलाई तालिम दिनुपर्ने बताए।

साथै खड्काले क्यानले दिने खेलकुदका सामाग्रीहरू कर्णाली जिल्लाका दुर्गम ठाउँठाउँमा पु¥याउन सरकरले सहयोग गर्नु पर्ने बताए।

गाउँघरमा अझै पनि क्रिकेटको बारेमा जानकारी नभएकाले तिनिहरूलाइ खेलकुदको बारेमा जानकारीका साथै पालिका–पालिकामा खेलकेदको लागि सरकारले बजेटको व्यवस्थापन गर्नुपर्ने खड्काको भनाइ रहेको थियो।

तपाईको प्रतिक्रिया