११० असाहय बालबालिकालाई सहयोग सामाग्री हस्तान्तरण

सुर्खेत । एक सय १० जना असाहय बालबालिकालाई विभिन्न प्रकारण सहयोग सामाग्री हस्तान्तरण गरिएको छ। भ्याली मेरिडियन एकेडेमीले बादी सरोकार मन्च नेपालद्वरा संचालित बालगृहमा रहेका उक्त बालबालिकालाई सामाग्री हस्तान्तरण गरिएको हो।



भ्याली मेरिडियन एकेडेमीले असाहय बालबालिकाहरुको लागि खाद्यन्न सामाग्री, लत्ताकपडा, स्टेशनरी सामाग्री, ५५ थान मच्छरदानी (झुल) र विविध सामाग्रीहरु उक्त मन्चका अध्यक्ष श्री हिक्मत वादीलाई सहयोगार्थ हस्तान्तरण गरिएको जनाएको छ।

उक्त विद्यालयका कक्षा पिजीदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थी र शिक्षकहरुको सहयोगमा सामाग्रीहरु किनिएको थियो।

सामाग्री अस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल मानबहादुर एसाले सेवा नै धर्म हो भन्ने सन्देशका साथ परोपकारी काममा योगदान पुराएकोमा विद्यार्थी, अभिभावक र शिक्षकहरुप्रति कृतज्ञता व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया