रुकुमपश्चिमबाट लागूऔषध मुद्वामा फरार प्रतिवादी पक्राउ

सुर्खेत । रुकुमपश्चिमबाट लागूऔषध (अफिन) मुद्धामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।



जाजरकोटको नलगाड नगरपालिका–२ का ३५ वर्षीया टेकबहादुर रावललाई रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ खलंगा बजारबाट पक्राउ गरेको हो।

उनलाई अदालत रूकुम पश्चिमको लागत नम्बर १२३० को लागूऔषध (अफिम) मुद्वा १८ बर्ष कैद र आठ लाख जरिवाना तोकिएपछि फरार रहेका थिए।

उनलाई लुकिछिपि हिँडिरहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो।

टेकबहादुरलाई कैद सजाय र जरिवाना असुल उपरको लागि जिल्ला कारागार रुकुम पश्चिममा पठाईएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया