गौ हत्याको विरोधमा राप्रपाको प्रदर्शन

सुर्खेत । गौहत्याको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले विरोध प्रदर्शन गरेको छ । वीरेन्द्रनगर–६ मा रहेको पार्टी कार्यालयबाट शुरु गरिएको विरोध प्रदर्शन बजार परिक्रमापछि जिल्ला प्रशासनमा पुगेर नाराबाजी गरिएको हो ।



प्रदर्शनमा राप्रपाले सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाइएको अध्यक्ष कविराम पुरीले जानकारी दिए । उनका गौ हत्या गर्नु कुनै पनि हालतमा स्वीकार्य नभएकाले सबैले यसको विरोध गर्नुपर्ने र सरकार गम्भीर भएर गौ हत्या गर्नेलाई कारवाही गर्नुपर्ने बताए ।

राप्रापले विरोध पदर्शन कार्यक्रममा सबै हिन्दु एक होऔं, हत्यारालाई कार्वाही गर, गौ हत्या गर्न पाईदैन, गृहमन्त्री राजिनामा दे जस्ता नारा लगाएको छ ।

तपाईको प्रतिक्रिया