६ जनाको प्रहरी टोलीले भेरीगंगाबाट समात्यो २०० पोका सूर्ति

सुर्खेत । प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिकाबाट अवैध सूर्ति बरामद गरेको छ। भेरीगंगा नगरपालिका–१० पर्ने रत्नराजमार्ग अन्तरगत तोलीखोला पुल स्थितबाट सूर्ति बरामद गरेको हो।



नेपालगञ्जबाट दैलेखका लागि छुटेको कर्णाली प्रदेश ०२००१च०३७० नम्बरको फोर्स गाडीलाई चेकजाँच गर्दा सूर्ती फेला पारेको हो।

ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ६ जनाको प्रहरी टोलीले बिल नभएको अवैध २०० पोका (३६०० पिस) सुपरपावर सूर्ति बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको जनाएको छ।

तपाईको प्रतिक्रिया