पञ्चपुरीबाट लागूऔषधसहित हुम्लाका मोहन शाही पक्राउ

सुर्खेत । जिल्लाको पञ्चपुरी नगरपालिका–४ बराइचेबाट लागूऔषधसहित हुम्लाका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्केगार्ड गाउँपालिका–४ बस्ने बर्ष अन्दाजी २७ को मोहन शाही रहेका छन्।



बराइचेमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनामा आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको ७ जनाको प्रहरी टोलीले मोहन शाहीबाट १८० मिलिग्राम तौल रहेको लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ सहित नियन्त्रणमा लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया