समाजवादी मोर्चाका शीर्ष नेताहरुसहित प्रधानमन्त्री प्रचण्ड सुर्खेत आउँदै

सुर्खेत । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित समाजवादी मोर्चाका शीर्ष नेताहरु सुर्खेत आउने भएका छन्। भदौ १४ गते वीरेन्द्रनगरमा हुने समाजवादी मोर्चाको ‘सन्देश सभा’ लाई सभालाई सम्बोधन गर्न नेताहरु सुर्खेत आउन लागेका हुन्।



प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सी सुर्खेत आउने छन्।

माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष विमला केसीले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताइन्। उनका अनुसार कार्यक्रमको आयोजना वीरेन्द्रनगरको कर्बड हलमा गरिएको छ।

१४ गते दिउँसो १ बजेबाट कार्यक्रम सुरु हुने र प्रधानमन्त्री प्रचण्डसहितका शीर्ष नेताहरु सोही दिन सभालाई सम्बोधन गरेर काठमाडौँ फर्किने छन्। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका विशेषताहरु पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने मोर्चाको उद्देश्य रहेको केसीले बताइन्।

तपाईको प्रतिक्रिया