सुर्खेत । नेपाली सेनाका एकजना गुल्मपति डोल्पा सदरमुकाबाट बेपत्ता भएका छन्। डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज एवम् गुल्मपति विमल पण्डित आइतबार अपरान्हदेखि सम्पर्कविहीन भएका हुन् ।

‘त्रिपुरातिर जान्छु भनेर व्यारेकबाट निस्किनु भएको रहेछ। अहिलेसम्म उहाँ ब्यारेकमा फर्किनु भएको छैन’, डाेल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले भने, ‘पीएसओसमेत नलिई बाहिर निस्किनु भएकाले सम्पर्क हुन सकेको छैन।’

मेजर पण्डितको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको टोली, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानकाे टाेली त्रिपुरामा पुगेपनि कुनै पत्ताे लागेकाे छैन्।

त्रिपुरातिर गएको भन्ने सूचनाका आधारमा सुरक्षाका चार वटै निकायकाे टाेली त्रिपुरादेखि अगाडीसम्म पुगेकाे थियाे। तर त्यस क्षेत्रमा देखिएपनि उहाँ फेला नपरेकाे सुरक्षा स्राेतले नेपालकर्मलाइ जानकारी दिएकाे छ।
मेजर पण्डित आइतबार अपरान्ह इभिइनिङ वाकमा जाने भन्दै ब्यारेकबाट हिँडेका थिए। सुरक्षा स्रोतका अनुसार उनले आफ्ना सुरक्षा गार्डलाई मसँग नआउन एक्लै जान्छु भनेर गएकाे खुलेकाे छ।
मेजर पोखरेल ब्यारेकबाट निस्किएर नफर्किएको २४ घण्टा हुन लाग्दा पनि सम्पर्कमा नआएपछि अनेक आशंकाको अवस्था उत्पन्न भएको पोखरेलले बताए। दुर्गम क्षेत्र भएकाले टेलिफोन नेट्वर्कको समस्या हुँदा खोजी र सम्पर्क गर्न गाह्रो भएको जानकारी दिए।

नेपाल कर्म । ११ भाद्र २०८०, सोमबार १४:१५