काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छन्।
शनिबारदेखि सुरु भएको दोस्रो अधिवेशनले लामालाई अध्यक्ष बनाउँदै नयाँ कार्यसमिति चयन गरेको हो।
महासचिवमा महेश श्रेष्ठ चयन भएका छन्।


अनेरास्ववियूको अध्यक्ष रहेका सुदेश पराजुलीले राजनीतिमा केन्द्रित हुने भन्दै अनेरास्ववियू छोडेको जनाएका छन्।

नेपाल कर्म । १० भाद्र २०८०, आईतवार १८:१९