वीरेन्द्रनगरमा खोप र लैंगिकता विषयक अभिमुखीकरण

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा पुरुष तथा समाजका अगुवा व्यक्तिहरुको लागि एक दिने लैंगिकता, खोप र सामुदायिक संलग्नता विषयक भिमुखीकरण सम्पन्न भएको छ। आइतबार युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा संचालित मानव केन्द्रीत दृष्टिकोण मार्फत सामाजिक र व्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत भाद्र १० अभिमुखीकरण भएको हो।



२४ जना सहभागि रहेको अभिमुखीकरणको उद्घाटन सत्र बास नेपालका कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीले खोप अभियानलाई पुर्णता दिन समाजको कुनै एक वर्गको मात्र भुमिका नहुने बताए।

उनले समाजका अगुवा र पुरुष वर्गको भुमिक अर्थपूर्ण हुने भएकाले यस्ता प्रकारका क्षमता अभिवृद्धिका तालिम र कार्यक्रमले पुरुष समूहलाई परिवर्तन हुँदै समून्नत समाज निमार्णमा योगदान दिन सकिने बताए।

बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले उदेश्य बारे जानकारी गराएका थिए। यस्तै, अभिमुखीकरणको उद्घाटन सत्रको संचालन बास नेपाल सामाजिक परिचालक भगवती विसीले गरेकी थिइन्।

२४ जना सहभागि रहेको एक दिने अभिमुखिकरणमा खोप, खोपको महत्व, लैंगिकता, सामुदायिक संलग्नता लगाएतका विषयहरुमा बासका अभिलेखीकरण अधिकृत बोहराले सहजिकरण गरेका थिए।

सामाजिक व्यवहार परिवर्तन परियोजना कर्णाली र सुदुरपश्चिम प्रदेशमा १२ ओटा पालिकामा संचालित रहेको छ।

तपाईको प्रतिक्रिया