लागुऔषध राखेको आरोपमा ट्रक चालकसहित तीन जना पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले लागुऔषध राखेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने जुम्ला २८ वर्षीय युवराज अधिकारी, दैलेखका २७ वर्षीय हरि खत्री र २२ वर्षीय टोपेन्द्र शाही हुन् । अधिकारी चन्दननाथ नगरपालिका–५ हुने भने खत्री र शाही गुराँस गाउँपालिका–२ दैलेखका रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।



दाङबाट सामान लिएर लिएर जुम्लातर्फ जाँदै गरेको क १ ख १० नम्बरको ट्रकमा चेकजाँच गर्दा लागुऔषध जस्तो देखिने खैरो धुलोसहित चालक खत्री र सह–चालक शाहीलाई सुब्बाकुनाबाट नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।

शंका लागी चेकजाचं गर्दा ट्रक चालक बस्ने सिट माथि मिटर बोर्ड भित्र लुकाई छिपाई राखेको अवैध लागु औषध ब्राउन सुगर फेला परेको छ । यस्तै, छिन्चु प्रहरीले चेकजाँज गर्दा भेरीगंगा नगरपालिका–५ बबईबाट जुम्लाका अधिकारीलाई पक्राउ गरेको हो ।

चेकजाँच गर्दा अधिकारीले कम्मरमा बाधेको मनी पर्स भित्र लुकाई छिपाई राखेको ३ पोका, नापतौल अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया