विप्लव नेतृत्वद्वारा सुर्खेतमा एमसीसी विरुद्ध प्रदर्शन

सुर्खेत । विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले सुर्खेतमा एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेको छ । पार्टीको केन्द्रीय सर्कलुर अनुसार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रघाती एमसीसी खारेज गर्नुपर्ने भन्दै नेकपाले र्यालीसहित विरोध प्रदर्शन गरेको हो ।



अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपालमा लागू भएदेखि नै विप्लव नेतृत्व नेकपाले देशव्यापी रुपमा विरोध प्रदर्शन गर्दै आएको छ । आइतबार एरिचोकबाट निकालिएको विरोध र्याली वीरेन्द्रचोकमा पुगेर सभाको आयोजना गरिएको हो ।

विरोध र्यालीलीमा नेकपाले नो एमसीसी, गो ब्याक अमेरिका, अमेरिकी साम्राज्यवाद मुर्दावाद, भूमण्डलीकृत मुर्दावाद जस्ता नारा लगाइएको छ । यस्तै, नेपालमा हुने सबै खाले बैदेशिक हस्तक्षेप बन्द गर्नुपर्ने र नेपाली विशेषताको समाजवाद लागु गर्नुपर्ने माग नेकपाले राख्दै आएको पार्टीका सुर्खेत इन्चार्ज गणेश बोगटी ‘ध्रुव’ले बताए ।

तपाईको प्रतिक्रिया