सुर्खेत । सुर्खेत कलाकार एवम् सर्जक धर्मराज गिरीले याे वर्ष पनि नयाँ तीज काेशेली सार्वजनिक गरेका छन् । गिरीकै लय शव्द रहेकाे तीज काेशेली ‘बैँसालु उमेर नाच्दिन्छु घुमेर’ बाेलकाे गीत सार्वजनिक गरेका हुन् ।

याे गीत उनले युट्युब च्यानल “धर्मराज गिरी अफिसियल” बाट सार्वजनिक गरेका छन् । गीतमा चर्चित गायिका टीका पुनको छ भने भिडियोमा मोडेल दिक्षा गिरीको अभिनय रहेको छ ।

डि प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको गीतको छायांकन अर्जुन सापकोटाले गरेका छन् । श्रीनाथ फिल्मसले पोस्ट प्रोडक्सनको गरेको तीज गीतको भिडियो सम्पादन तथा कलर ग्रेडिङ निर्मल प्याकुरेलले गरेका हुन् ।

यामु मगरले कोरियोग्राफी गरेको गीतको निर्देशन भने गिरी आफैले गरेका छन् । सुर्खेती सर्जक गिरीले यसअघि पनि थुप्रै तीजका कोशेलीहरु बजारमा ल्याइसकेका छन् ।
गिरीले विगतका वर्षहरुमा मेरो सारी मैदानै लर्काउने, युकेको सहरमा किनेको सारी, जुरेली चरिले खायो बरिलै, काकरिको अचार, टल्कियो चोलीमा सितारा लगायतका चर्चित तीजका गीतहरु सार्वजनिक गरिसकेका छन् । ‘बैँसालु उमेर नाच्दिन्छु घुमेर’ बोलको गीतलाई पनि दर्शक श्रोताले विगतका सिर्जना जत्तिकै रूचाउने विश्वास लिएको सर्जक गिरीले बताए ।

नेपाल कर्म । १० भाद्र २०८०, आईतवार ०७:१४