सुर्खेत । भारत र काठमाडौंमा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा पदक दिलाउने खेलाडीहरुलाई सम्मान गरिएको छ । १९ औं एशियन गेम्समा सहभागी खेलाडीहरुलाई कर्णाली प्रदेश र जिल्ला कराँते महासंघले शनिवार खेलाडीहरुलाई सम्मान गरेका हुन् ।

भारतको नयाँ दिल्लीमा भएको खुल्ला अन्तर्राष्टिय कराँते च्याम्पीयनसिप सिरिजमा पदक दिलाउने जुनियरतर्फ एकल कातामा कास्य पदक दिलाउने सुरद विक, क्याडेटतर्फ एक कातामा प्रथम र ५२ केजी कुमुते क्याडेट ज्ञानेन्द्र सुनार, जुनियरतर्फ टिम कतममा प्रथम, एकल कातामा दोस्रो र कुमुते प्लस ७६ मा दोस्रो पदक दिलाउने गोपाल गुरुङलाई सम्मान गरिएको छ ।
यस्तै, सिनियरमा टिम कातामा प्रथम, ५० केजी कुमुतेमा दोस्रो र एकल कातामा तेस्रो पदक दिलाउने लक्ष्मणकुमार शाही, सिनियरमा एकल कातामा प्रथम र ४५ केजी कुमुतेमा प्रथम भएकी प्रेयङ्का शाही, ७५ केजी सिनियरमा तेस्रो भएका सन्तोष सिंह र टिम कातामा प्रथम, एकल कातामा दोस्रो र कुमुते प्लस ८४ केजीमा दोस्रो भएका दिपक विकलाई पनि सम्मान गरिएको छ ।

साथै, काठमाडौंमा सम्पन्न सातौं एसियाली गोजु रियो कराँते प्रतियोगितामा क्याडेट जुनियरमा दोस्रो पदक दिलाउने जीवन सिजापती, क्याडेट जुनियर एकल कतामा दोस्रो भएका दिपक विष्ट, क्याडेट तेस्रो भएका दिलीप बुढा, सिनियर ५५ केजीमा तेस्रो भएका प्रमोद शाही र सिनियर ५० केजीमा तेस्रो भएका प्रकाश घर्ती मगरलाई पनि वीरेन्द्रनगरमा सम्मान गरिएको छ ।

सम्मान गर्ने कार्यक्रममा पुगेका सामाजिक विकास मन्त्री खड्क पोखरेलले कर्णालीका खेलाडीहरुले चुनौतीका बिच पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रर्दशन गरेकोमा प्रशंसा गरे । उनले कर्णालीको समग्र खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको मनोबल उच्च बनाउन आवश्यक बजेट विनियोजन गरेर काम गइरहेको बताए ।
‘पदक दिलाउने खेलाडीहरुलाई आवश्यक रकम दिएर सम्मान गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिइरहेका छौं,’ मन्त्री पोखरेलले भने, ‘अझै खेलाडीहरुलाई खेल क्षेत्रमा सक्रिय भएर लाग्न थप मन्त्रालय कटिवद्ध छ । खेलाडीहरुलाई निरुत्साहित हैन, थप प्रेरणा प्रदान गर्नमा प्रतिवद्ध भएर लाग्नेछु ।’
खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रममा वीरेन्द्रनगरमा उपप्रमुख निलकण्ठ खनाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रबहादुर शाही, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल लगायतको उस्थिति रहेको थियो ।

नेपाल कर्म । ९ भाद्र २०८०, शनिबार १९:१७