बसमा काठमाडौं जाँदै हुनुहुन्छ, यसरी काट्नुहोस् अनलाइन टिकट (भिडियाे)

सुर्खेत । सुर्खेतबाट संघीय राजधानी काठमाडौं जाने सार्वजनिक बसको टिकट अब अनलाइनबाटै काट्न सकिने व्यवस्था गरिएको छ । संयुक्त यातायात व्यवसायी संघले सुर्खेतबाट काठमाडौंका लागि छुट्ने सबै बसहरुमा अनलाइन टिकट काट्ने एप सञ्चालनमा ल्याएको हो ।



यात्रुहरुको मागअनुसार पारदर्शी रुपमा डिजिटल प्रविधिको प्रयोगबाट अनलाइन टिकम विक्री शुरु गरिएको सुर्खेत–काठमाडौं रुटका इन्जार्च रमेश खड्काले नेपालकर्मलाई जानकारी दिए । उनकाअनुसार काठमाडौंका लागि छुट्ने बसहरुको सबै विवरण अनलाइनबाटै टिकट काट्न मिल्नेगरी अपडेट गरिएको छ ।

यसरी काट्नुहोस् टिकट
सबैभन्दा पहिला आफूले चलाउने मोबाइलको प्ले–स्टोरमा जानुहोस् । त्यसपछि सुर्खेत संयुक्त यातायात खोज्नुहोस् र डाउनलोड गर्नुहोस् । एप डाउनलोेड गरेपछि ओपन गरेर स्थान छनोट गरिसकेपछि आफू कहिले जाने हो मिति राखेर सर्च गर्नुपर्दछ ।

यति गरिसकेपछि एसी र डिलक्सहरु देखाउँछ । आफू कुन बसमा यात्रा गर्ने हो सोही बसमा क्लिक गरेर सिटहरु देखाउँछ । जहाँ अभाइलेभल, सेलेक्टेड र बुक्ड अप्सन आउँछ ।

यीमध्य हरियो कलरका अभाइलेभल सीटहरु छनोट गरेर नेष्ट गरेपछि यात्रा गर्ने यात्रुको नाम, मोबाइल नम्बर र सुर्खेत वा छिन्चु कहाँबाट यात्रा गर्ने हो छनोट गरेर फेरि नेष्ट गनुपर्दछ ।

त्यसपछि भुक्तानीका चरणहरु आउँछन् । अनलाइनबाटै भुक्तानी गर्न खल्ती, प्रभु, आइएमइ पे, मोबाईल बैंकिङ्ग, कनेक्ट आइपिएस र एसीटी कार्डमध्य एउटा छान्नु पर्दछ ।

आफ्नो रकम रहेको कुनै पनि बैंक वा मोवाइल बालेटमा क्लिक गरेपछि बैंकिङ खातामा प्रयोग भएमो मोबाईल नम्बर र पासवर्ड राखेपछि मोबाइलमा ओटीपी कोड राखेर अनलाइन टिकटको भुक्तानी गरेपछि मात्रै टिकट कन्फर्म हुन्छ ।

यति गरेसकेपछि काठमाडाैं यात्राका लागि निर्धारित समयभन्दा आधा घण्टा पहिला भने बसपार्क पुगिसक्नु पर्दछ । इन्जार्च खड्काकाअनुसार अहिले काठमाडौं रुटमा मात्रै यो सेवा शुरु गरिएकाले विस्तारै, बुटवल, पोखरा लगायतका जिल्लामा पुग्ने सवारीहरुमा लागु गर्ने तयारी भइरहेको छ ।

भिडियाे

तपाईको प्रतिक्रिया