काठमाडौं । चार देश सम्मिलित महिला ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपाल र मलेसियाबीचको खेल सुरु हुँदैछ। बायोमास ओभलमा मलेसियाले नेपालले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।
घरेलु टोली मलेसियाविरुद्ध मैदान उत्रिँदा नेपालको लक्ष्य लगातार तेस्रो जित हुनेछ। पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको नेपाल मलेसियाविरुद्ध पनि त्यसलाई निरन्तरता दिँदै अपराजित रूपमा फाइनल प्रवेश गर्न चाहन्छ।
मलेसियालाई पनि फाइनलमा स्थान बनाउने सम्भावना जिवितै राख्न नेपाललाई हराउनै पर्ने दबाब छ। आजै भएको पहिलो खेलमा हङकङले कुवेतलाई १६ रनले हराएको छ। शीर्ष दुई टोलीले उपाधि तथा पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। दुवै खेल शनिबार हुनेछ।


आइसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देशसम्मिलित शृंखला खेलिरहेका हुन्। आइसिसी महिला विश्वकप एसिया छनोट अगस्ट ३१ देखी ९ सेप्टेम्बरमा (भदौ १४ देखि भदौ २३ सम्म) मलेसियामा नै हुनेछ।

नेपाल कर्म । ८ भाद्र २०८०, शुक्रबार १७:४५