एजेन्सी । पाकिस्तानको दक्षिण सिन्ध प्रान्तको थट्टा जिल्लामा भ्यान र ट्रक एक आपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन्।
थट्टा जिल्लाको झिरक क्षेत्रनजिकै विपरीत दिशाबाट आउँदै गरेको एक ट्रक र भ्यान सडकमा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। घटनालगत्तै घटनास्थलमा उद्धारकर्मी पुगेर घाइतेलाई नजिकको अस्पतालमा उपचारका लागि पुर्याएका थिए।

केही गम्भीर घाइतेहरुलाई अर्को अस्पतालमा सारिएको छ। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ।


नेपाल कर्म । ८ भाद्र २०८०, शुक्रबार १७:४१