परमाणु विकिरणको फोहोर पानी समुद्रमा फालेसँगै जापानमा आन्दोलन

एजेन्सी । जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित जल समुद्रमा फाल्न सुरु गरेसँगै आन्दोलन थप चर्किएको छ।



जापानको सो निर्णय गरेसँगै प्रशान्त महासागर आसपासका क्षेत्र र देशहरुले विरोध जनाएका हुन्। साथै सरकारको सो निर्णयको स्थानीय र मत्स्य व्यवसायीहरुले समेत विरोध गर्दै प्रदर्शन गरिरहेका छन्।

जापानले बिहीबार दिउँसो १ बजेबाट दूषित पानी प्रशान्त महासागरमा फाल्न शुरु गरेको हो। टेप्कोका अनुसार पहिलो चरणमा १७ दिन भित्रमा ७ हजार ८ सय टन दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित पानी फाल्ने बताएको छ।

दूषित पानीमा ६० भन्दा बढी रेडियोन्युक्लाइडहरु छन्, जसले समुद्री वातावरण र मानव स्वास्थ्यको लागि असर गर्छ। जापानको यो कदमसँगै छिमेकी देशहरु र प्रशान्त टापुका देशहरु आक्रोशित बनेका छन्।

तपाईको प्रतिक्रिया