सुर्खेत । गुराँस गाउँपालिकाको गुराँसेमा बोलेरो जीप दुर्घटनाहुँदा दुई जना घाइते भएका छन् । सुर्खेतबाट जाजरकोट जाँदै गरेको डबल क्याप बोलेरो जीप गुराँस गाउँपालिका–५ गुराँसे बजार नजिकै दुर्घटनामा परेको हो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट जाजरकोटको छेडागाड नगरपालिकाको सुयाडा जाँदै गरेको भे १ च २९२९ नम्बरको जीप ब्रेकफेलहुँदा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

ब्रेक फेलपछि भित्तामा ठोक्कीदा जीप पल्टिएको कार्यालयले जनाएको छ । दुर्घटनामा दुई जना घाइते छन् । उनीहरुको अवस्थामा सामान्य रहेको प्रहरीको भनाई छ ।


नेपाल कर्म । ८ भाद्र २०८०, शुक्रबार १३:०४