वीरेन्द्रनगर । सुर्खेतबाट प्रहरीले चोरी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले लेकबेशी नगरपालिका–३ बाट उक्त प्रतिवादीलाई पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ३ जनाको प्रहरी टोलीले लेकबेशी नगरपालिका–३ बस्ने प्रतिवादी ३० वर्षीय करण मछिमललाई पक्राउ गरेको हो।
जिल्ला अदालतको लागत नम्बर २४७६ को चोरी मुद्दामा १ महिना ६ दिन कैद सजाय र २० हजार जरिवाना तोकिएपछि उनि फरार रहेका थिए।


प्रहरीले उनको घरबाट पक्राउ गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको प्रहरीले जनाएको छ।

नेपाल कर्म । ८ भाद्र २०८०, शुक्रबार ११:३२