सुर्खेत । राष्ट्रिय युवा संघ नेपाल, कर्णाली प्रदेशको पहिलो अधिवेशन वीरेन्द्रनगरमा जारी रहेको छ। (भदौ ६) गते बुधबारदेखि सुरुभएको उक्त अधिवेशनमा निर्वाचन अध्यक्ष मडण्लले सदस्यहरुको मात्रै टुंगो लगाएको छ।
राष्ट्रिय युवा संघ नेपाल, कर्णाली प्रदेश कमिटीका सदस्यहरु कर्णाली प्रदेशका १० जिल्लाबाट सर्वसम्मत चयन गरिएको छ। जसमा सुर्खेतबाट ६ जना, दैलेखबाट ५ जना अन्य जिल्लाबाट चार/चार जना गरि जम्मा ४३ जना युवाहरू सर्वसम्मत रुपमा चयन भएका छन्।
यस्तै, पदाधिकारीहरुमा धेरै जनाको दाबी रहेका कारण टुंगो लाग्न सकेको छैन्।



धेरै जनाको दाबी रहेका कारण अध्यक्ष तथा अन्य पदहरुका लागि सर्वसम्मत रुपमा टुंगो लगाउनको लागि छलफल जारी रहेको छ।
आज (बिहीबार) पदाधिकारीमा कुनै टुंगो लाग्न नसकेपछि भोली (भदौ ८) गते बिहान ८ बजेपछि छलफल गर्ने गरि निर्वाचन प्रक्रिया स्थिगित भएको छ।
सकेसम्म पदाधिकारीमा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नका लागि प्रयास जारी रहेको छ।

नेपाल कर्म । ७ भाद्र २०८०, बिहीबार २२:२२