सुर्खेत । कर्णाली सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले भदौ महिनाभित्र नीतिगत सबै काम गरिसक्न निर्देशन दिएका छन्। मन्त्रालयको आयोजनामा समसामयिक तथा भावि कार्यदिशा विषयक छलफलमा मन्त्रालयका सचिवसहित मातहतका सबै महाशाखाका प्रमुहरुलाइ निर्देशन दिएका हुन्।
मन्त्री शर्माले भदौ महिनाभित्र नीति नियमावली तथा निर्देशिकाका काम सबै गरिसक्नु पर्ने बताए। छलफलमा उठेका विषयबस्तुले कार्यसम्पदानमा सहयोग गर्नुको साथै योजना तथा नीति निर्माणमा सहयोग गर्ने भएकाले रिपोटिङ्गमा ध्यान दिन पनि सुझाव दिए।
उनले भने, ‘मन्त्रालयबाट गरेका काम नागरिकसँग जोडिने भएकोले यसको जवाफदेहीता मन्त्री नै हुनेहुन्छ। त्यसैले तथ्यमा आधारित भएर कार्यसम्पादन गर्नुपर्छ। गुनासो सानो होला, तर, यसले जिम्मेवार बन्न र जवाफदेही बनाउन सहयोग गर्ने भएकोले यसमा कसैले हिनताबोध नगरी जिम्मेवारी बन्न तयार हुनुपर्ने बेला आएको छ।’


यस्तै, मन्त्री शर्माले ठुलाठुला होटेल र लजमा तालिम तथा गोष्ठि गर्ने बानीको विकासलाई हेरफेर गर्न आवश्यक देखिएकाले अब कृषि र पशु क्षेत्रका तालिम निश्चित निर्धारण गरी किसानकै कार्यस्थलमा सञ्चालन हुनुपर्ने बताए।
साथै उनले कर्णाली प्रदेशको कृषि कर्म, किसानको जीवन शैली, रैथाने वालीको हालको अबस्था र भावी कृषि रणनिति निर्माणमा पनि सघाउने भएकाले देशमा कृषि र पशुको रैथाने जातको संरक्षण गर्न कर्णाली कृषि प्रदर्शनी केन्द्र निर्माणमा जोड दिएका छन्।

नेपाल कर्म । ७ भाद्र २०८०, बिहीबार १३:३२