एजेन्सी । भारतले चन्द्रयान ३ चन्द्रमाको सतहमा अवतरण गरेर इतिहास रचेको छ। यससँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो देशसमेत बनेको हो।
श्रीहरिकोटाबाट जुलाई १४ मा दिउँसो २:३५ मा उडेको चन्द्रयान–३ ले ४० दिन लामो यात्रा पूरा गरेर सफलतापूर्वक अवतरण गरेको हो।

बुधबार साँझ ६ बजेर ४ मिनेट जाँदा (१२३४जीएमटी) मा चन्द्रमाको सतहमा अवतरण गरेको थियो। पूर्वी शोभियत संघ, संयुक्त राज्य अमेरिका र चीनपछि भारत चन्द्रमामा अन्तरिक्ष यान अवतरण गर्ने विश्वको चौथो देश बनेको छ। अन्तरिक्ष यानमा चन्द्रमामा विक्रम ल्याण्डर र प्रज्ञान रोभर थिए।


नेपाल कर्म । ७ भाद्र २०८०, बिहीबार १३:०८