रुसमा विमान दुर्घटना, वागनर समूहका प्रमुखसहित १० जनाको मृत्यु

रुसको निजी सैन्य समूह वागनर समूहका प्रमुख येभगेनी प्रिगोजिनसहित १० जना सवार विमान दुर्घटना भएको छ।



रुसको नागरिक उड्डयन एजेन्सीका अनुसार विमानमा सवार सबैको मृत्यु भएको छ। विमान राजधानीबाट करिब ३०० किलोमिटर उत्तरमा टभर क्षेत्रको कुझेनकिनो गाउँ नजिकै दुर्घटना भएको हो।

जहाजमा तीन जना चालक दलका सदस्यसहित १० जना सवार थिए। प्रारम्भिक जानकारीका अनुसार जहाजमा सवार सबैको मृत्यु भएको छ,’ रुसको आपतकालीन अवस्था मन्त्रालयले भनेको छ।

रुसको संघीय हवाइ यातायात एजेन्सी रोसाभिएट्सियाले प्रिगोजिन र वाग्नर समूहका कमाण्डर दिमित्री उटकिनसहित सात यात्रुहरूको नाम प्रकाशन गरेको छ। एजेन्सीले विमान दुर्घटनामा मृत्यु हुनेहरूको सूचीमा प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि सार्वजनिक गरेको छ ।

यो विमान कसैले आक्रमण गरेर जमिनमा खसालेको हो या अरु कुनै कारणले दुर्घटना भएको हो भन्ने खुलेको छैन। दुर्घटनापछि विमानमा आगो लागेको थियो ।

वागनर भाडाका सैनिकको समूह हो। यो समूहका लडाकु पैसाका लागि लड्छन्। रुसले अहिले वागनरलाई युक्रेनविरुद्ध लड्न खटाएको छ।

तपाईको प्रतिक्रिया