वीरेन्द्रनगर । चेक अनादर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सुर्खेतको वीरेन्द्रनगरबाट प्रतिवादीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ बस्ने अन्दाजी ४६ वर्षीया धर्मराज सिंह रहेका छन्।
उच्च अदालत सुर्खेतको लागत नम्बर २९९३ मा १ महिना कैद र दुई हजार जरिवाना, लागत नम्बर ००१२३ मा ३ महिना कैद र तीन हजार जरिवाना र लागत नम्बर ००२३७ मा दुई हजार जरीवाना तोकिएपछि धर्मराज फरार रहेका थिए।


उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ३ जनाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

नेपाल कर्म । ७ भाद्र २०८०, बिहीबार १२:१५