घरेलु हिंसा मुद्वा फरार प्रतिवादी पक्राउ

सुर्खेत । सल्यानबाट प्रहरीले कुटपिट तथा घरेलु हिंसा मुद्वाको फरार प्रतिवादीलाई पक्राउ गरेको छ। दार्मा गाउँपालिका–५ बस्ने ४० वर्षीया टेकबहादुर केसीलाई पक्राउ गरेको हो।



उक्त मुद्दामा जिल्ला अदालत सल्यानको लागत नं १२५५ को १ महिना कैद र पाँच हजार जरिवाना तोकिएपछि उनि फरार रहेका थिए।

उनलाई प्रहरीले सल्यानकै मुसिकोट नगरपालिका–१ खलंगा बजारमा लुकिछिपि हिँडिरहेको अवस्थामा फेला पारेको हो।

तपाईको प्रतिक्रिया