सुर्खेत । मोहन बडुवालसहित सिंगो टिम एमालेमा समाहित भएपछि नेकपा एकिकृत समाजवादी पार्टीले अराजकको आरोप लगाएको छ । जारी विज्ञप्तीमा सुुर्खेतका केही अराजकहरुको स्वार्थ पूरा नभएपछि एमालेमा प्रवेश गरेको समाजवादीले आरोप लगाएको हो ।

नेकपा एकिकृत समाजवादी पार्टीका कर्णाली अध्यक्ष अमरबहादुर थापाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘केही अराजक व्यक्तिहरु व्यक्तिगत स्वार्थ पूरा नभएका कारण एमालेमा प्रवेश गरेको विषयलाई पार्टी नै समायोजन भयो भनी गरिएको प्रचार निराधार र भ्रमपूर्ण हो ।’


पार्टीको संगठनबाट कोही अलगहुँदैमा पार्टीको घोषित लक्ष्य उदेश्य अनुरुपको गतिशिलतामा कुनै कमी नहुने अध्यक्ष थापाले उल्लेख गरेका छन् ।

नेपाल कर्म । ७ भाद्र २०८०, बिहीबार १०:१६