प्रदेश योजना आयोगमा नियुुक्त जीतबहादुर शाह को हुन् ?

सुर्खेत । कर्णाली प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा जीतबहादुर शाहलाई कर्णाली सरकारले नियुक्त गरेको छ । कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ३ को उपदफा (२) को खण्ड (ग) बमोजिम आयोगको सदस्यमा शाहलाई नियुक्त गरिएको हो ।



कुमाख गाउँपालिका–५ सल्यानमा जन्मिएका शाह हाल बाँकेको नेपालगञ्जमा बस्दै आएका छन् । नेपाल सरकारको पूर्वउपसचिव रहेका शाह २८ वर्ष शिक्षा सेवामा रहेर काम गरेका हुन् । त्यसक्रममा उनले १० वर्ष शिक्षण पेसामा आबद्ध रहेर काम गरेको अनुभव छ ।

नवनियुक्त सदस्य शाहले चार जिल्लाको जिल्ला शिक्षा अधिकारी, राष्ट्रिय परीक्षा बोर्ड कर्णालीको निर्देशक र सुर्खेत मेडिकल कलेज पूर्वाधार विकास निर्माण आयोजनाका प्रमुख समेत रहेर काम गरिसकेका छन् ।

काठमाडौं विश्वविद्यालयबाट शैक्षिक नेतृत्व विषयमा एमफिल गरेका शाह विद्यालय शिक्षा सुधार अभियान्ताको रुपमा समेत चिनिन्छन् । बौद्धिक र इमान्दार छवि बनाएका शाहले प्रदेशको शैक्षिक सुधार आफ्नो प्राथमिकताको विषय भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया