एकिकृत समाजवादी सुर्खेतको नेतृत्व एमालेमा समाहित

सुर्खेत । नेकपा एकीकृत समाजवादी पार्टी सुर्खेतको टिम नेकपा एमालेमा समाहित भएको छ । समाजवादी सुर्खेतका अध्यक्ष मोहन बडुवालसहित ६० प्रतिशत जिल्ला कमिटीको टिम एमालेमा समाहित भएको हो ।



बडुवाललाई नेकपा एमालेका महासचिव शंकर पोखरेल, एमाले कर्णाली ईन्चार्ज लेखराज भट्ट र स्थायी कमिटी सदस्य एवम् प्रदेश सभा संसदीङय दलका नेता यामलाल कँडेलले स्वागत गरेका छन् ।

बडुवालसँगै समाजवादी निकट नेपाल इन्जिनियरिङ्ग एशोसियनको सिंगो कर्णालीको टिम पनि एमालेमा प्रवेश गरेको छ । पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एकिकृत समाजवादीले जनताका आकांक्षा पूरा गर्न नसक्ने भएकाले सबै नेता कार्यकर्तालाई एमालेमा आउन अपिल गरेका छन् । उनले जनताको बहुदलिय जनवादलाई साकार पार्न एमाले नै एक्लो पार्टी भएकाले यो अभियानमा साथ दिन आग्रह गरे ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई साकार पार्न सबै कम्युनिष्ट एक हुनुपर्ने भन्दै माओवादीमा आस्थावान नेता कार्यकर्ताहरुलाई पनि एमालेमा फर्किन अपिल महासचिव पोखरेलले गरे । उनले एमालेमा प्रवेश गरेका समाजवादीका नेता कार्यकर्ताहरुको भावनामा कुनै ठेस नपु¥याउने र पार्टीमा उचित जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बडुवाल नेकपा हुँदा सुर्खेत जिल्ला कमिटी सचिवसमेत थिए । पछि नेकपा विभाजनपछि उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागेका थिए ।

तपाईको प्रतिक्रिया