सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठवन्धन सरकार नै सुन तस्करीमा लागेको भन्दै सुनको अवैध कारोवार गर्न पशुपति सुन काण्ड बाहिर ल्याएको आरोप लगाएका छन् । बुधबार सुर्खेतमा आयोजित पत्रकारसँग कफि र कुरा विषयक अन्तरक्रियामा महासचिव पोखरेलले धार्मिक आस्था भएको स्थानको सुनको जलहरी निकालेर जोख्ने परिस्थितीले सांसद कति झुट रहेछन् भन्ने तथ्य प्रमाणित भएका बताएका छन् ।

एमाले अध्यक्ष केपि शर्मा ओली नेतृत्वको सरकारले विमानस्थलमा तीन ठाउँबाट विद्युतीय सूचना रेकर्ड गर्ने व्यवस्था मिलाएको तर, वर्तमान सरकारले सो व्यवस्था बन्द गरेर तस्करलाई संरक्षण दिएको उहाँको भनाई छ ।
दुई महिनामा यति ठूलो परिणाममा सुन तस्करी हुनुले यो प्रकरणमा सत्तापक्षनैं संलग्न छ भन्ने निष्कर्षका आधारमा एमालेले उच्च स्तरिय छानविन समिति गठन हुनुपर्ने माग राखेको पोखरेलले बताए ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गृहमन्त्रालयको नक्कली प्रतिवेदनका आधारमा प्रतिपक्षलाई फसाउने ध्येयले अनुसन्धान सुरु गरेको दावीसमेत उनको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण अमेरीकन एजेन्सीहरुका हातमा परेर सक्रिय भएपछि तथ्य बाहिरिँदा जस लिन हतारिएको उनको टिप्पणि छ । उनले नक्कली भुटानी शरर्णाथीको मुद्दामा प्रतिपक्षलाई फसाउने ध्येयले अनुसन्धान थालिएको र गृहको नक्कली प्रतिवेदनका आधारमा एमालेमाथि आरोप लगाउने काम गरिएको बताए ।

नेपाल कर्म । ६ भाद्र २०८०, बुधबार १३:२६