सुर्खेत । छिन्चु प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिका–१३ का १९ वर्षीय सनिम सिरिषलाई ईलाका प्रहरी कार्यालय छिन्चुले पक्राउ गरेको हो । उनी भेरीगंगा नगरपालिका–१२ छिन्चु बजारबाट लागु औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
शंका लागेपछि चेकजाचँ गर्दा निजले मुख भित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ । उनीको साथबाट प्रहरीले शुद्द २ ग्राम ४२ मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको कार्यालयले जनाएको छ । सिरिषलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।


नेपाल कर्म । ५ भाद्र २०८०, मंगलवार १६:३१