सुर्खेत–दैलख सडक खण्ड अवरुद्ध

सुर्खेत । वर्षातका कारण सुर्खेत दैलेख सडक खण्ड अवरुद्ध भएको छ । यो सडक खण्डको माथिल्लो डुंगेश्वर–गुराँसेको विचमा पर्ने सियाकोट नजिकै सडकमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।



मंगलबार विहान १० बजेतिर पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख किशोर लम्सालले नेपालकर्मलाई जानकारी दिए । उनकाअनुसार पहिरो खसेको क्षेत्रमा सडक निर्माणको काम भइरहेको क्षेत्रमा पुनः पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

सडक सुचारु गर्न समन्वय भइरहेको प्रमुख लम्सालको भनाई छ । सडक अवरुद्धहुँदा दैलेख र जाजरकोटबाट सुर्खेत आउने र सुर्खेतबाट त्यसतर्फ जाने सवारी र यात्रुहरु रोकिएका छन् ।

तपाईको प्रतिक्रिया