शीतल निवासमा सर्वदलीय बैठक जारी, एमालेले गर्‍यो बहिष्कार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक बसिरहेको छ।



पूर्वनिर्धारित कार्यक्रमबमोजिम राष्ट्रपतिले आज बिहान सबै राजनीतिक दललाई छलफलका लागि शीतल निवास बोलाएका हुन्।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाहेकका दल सहभागी छन्।

खासगरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक महिनादेखि संसद्‌मा गरिरहेको अवरोध खुलाउने विषयमा राष्ट्रपतिद्वारा आइतबार नै निर्धारित समयअनुसार आज सर्वदलीय बैठक बसेको हो।

तर यसबीच (सोमबार राति) संसद्को अवरोध हटाउन एमाले तयार भइसकेको छ। आजैबाट संसद् बैठक सञ्चालन हुने अपेक्षा गरिएको छ।

आजको सर्वदलीय बैठकमा राष्ट्रपतिले दलहरूसँग देशका अन्य समसामयिक विषयमा छलफल हुनेछ ।

 राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना गरेको सर्वदलीय बैठक नेकपा एमालेले बहिष्कार गरेको छ। जारी बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको छैन।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाहेकका दल मात्र सहभागी छन्। एमाले उपाध्यक्ष सुवास नेम्वाङले सर्वदलीय बैठकबारे जानकारी नभएको दाबी गरे।

तपाईको प्रतिक्रिया