गिरीको तिज काेशेली मनमुटु खाने भो सार्वजनिक (भिडियाे)

सुर्खेत । गितकार एवम संगितकार यज्ञ कुमार गिरीको तिज गित मन मुटु खाने भो सार्वजनिक भएको छ । गत वर्ष कर्मैले घुमायो बोलको गितको अपार सफलता पछि यो वर्ष पनि हिन्दु नारीको महान चाड तिजको अबसरमा हाम्रो गाउँ परिवेशमा नारीले भोग्नु परेको कथा व्यथालाई लक्षित गरेर तयार गरिएकाे गित सार्वजनिक गरिएकाे हाे ।



स्थानिय स्रोत साधनको प्रयोग गरि निर्माण गरिएको भिडियोको निर्देशन तथा सम्पादन खिमबहादुर बुढाले गरेका छन । भिडियोमा ज्याेती काफ्लेको अभिनय छ भने यामु मगरको नृत्य निर्देशन रहेको छ । छायांकन भने सुवास सिंह ठकुरीले गरेका हुन ।

गीतका सर्जक गिरी आधुनिक गीतमा लामो समयसम्म काम गर्दै आएका थिए । उनले संगित गरेका थुप्रै गीतले अवार्डसमेत पाएका छन । लोक कला संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व भएको भन्दै सर्जक गरीले गत वर्षदेखि निरन्तर तिज गित बजारमा ल्याउन लागेको र आगामी दिनहरुमा यसलाई निरन्तरता दिने बताएका छन् । उनले गत वर्ष नै ए साईली बोलको झ्याउरे सार्वजनिक गरेका थिए ।

 

तपाईको प्रतिक्रिया