सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश स्थापनाको अवसरमा शुभकामना दिएका छन् । छुटटै प्रदेश स्थापनाका लागी भएको आन्दोलनमा आफ्नो जिवन बलिदान गर्ने महान शहिदहरुप्रति सम्मान व्यक्त गरेका छन् ।
शहिदहरुलाई सम्झिदै गर्दा कर्णाली प्रदेश प्राप्ति भएको दिनको स्मरणमा कर्णाली प्रदेश सरकारले आजकै दिनलाई प्रदेश स्थापना दिवस तथा शहिद दिवसका रुपमा मनाउने गरेको छ । शहिदहरुको सपना साकार पार्न तपाई हामी सबैलाई एकजुट भई अघि बढ्न प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्दछु परियारले जारी गरेकाे शुभकामना सन्देशमा उल्लेख छ ।




नेपाल कर्म । ४ भाद्र २०८०, सोमबार ०८:००