सुर्खेत । नेपाल खेलकुद महासंघ कर्णाली प्रदेश कमिटीले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई सम्मान गरेको छ। आइतबार वीरेन्द्रनगरमा सम्मान कार्यक्रमको आयोजना गरेर वजेता खेलाडीहरू सम्मान गरेको हो।

‘खेलकुद विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पूर्वाधार, व्यवसायीक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार’ भन्ने नाराका साथ विजेता ८ जना खेलाडीलाई सम्मान गरिएको हो।


अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सफल खेलाडी नन्दा बस्यालसहित ८ जनालाई सम्मान गरिएको छ। बस्यालले विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन्।
यस्तै, विभिन्न विदामा भारत, कोरिया र थाइल्याण्डमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक दिलाउँने खेलाडीलाई सम्मान गरिएको छ।

नेपाल कर्म । ३ भाद्र २०८०, आईतवार १८:४१